भक्तपुर, भदौ ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशीमा जातीयताको नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले उत्पात मच्चाएको बताउनु भएको छ ।
पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यष ओलीले प्रचण्ड–माधवले आफ्नो स्वार्थको लागि जनता लडाएको बताउनु भएको हो ।
‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन् । उता भोट हाल्न निर्देशन गर्छन् आइसकेपछि हुँदैन भन्छन् । अनि आफ्नै कार्यकर्ता । अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालजीका कार्यकर्ता छन,’ ओलीले भन्नुभयो । उहाँले प्रचण्ड–माधवले साम्प्रदायिकता फैलाएको तथ्य पनि राख्नुभयो ।
‘उहाँहरूले साम्रदायिकता । उफ्रने किरात, राईहरू छन् उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल अनि । यही बाहुनले । नुवाकोटमा एउटा साँढे जुधाई खेल हुन्छ । ती साँढेको केही दुस्मनी हुँदैन । भेट्या पनि होइन कहिल्यै । आ–आफ्नो थलोबाट फुकाएर अखडामा ल्याएर भिडाउँछन् । उसको भाँचिन्छ सिंह अरु चाहीँ छेउमा बसेर ताली पड्काउँछन,’ ओेलीको भनाई थियो ।
अध्यक्ष ओलीले जनता भिडाएर आफ्नो स्वार्थ पूर्ति गर्ने काम गरेकोमा कडा आक्रोश पोख्नुभयो । ‘प्रचण्ड र माधन नेपाल नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् त्यो कुरा हुन दिइँदैन । जनजातिको नाममा यी बाहुनले लडाएको हेर्नुस् त त्यहाँ,’ ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले यस्तो कामले मुलुक र जनता कसैलाई फाइदा नहुने बताउनु भयो । उहाँले थप्नुभयो, ‘मैले बाहुन किन भनेको भने किन साम्रदायिक नारा दिनुहुन्छ । लेख्नुस् न तपार्ईंको थर तर साप्रदायिक नारा किन दिनुहुन्छ । जनता किन भिडाउनुहुन्छ टाउको उनीहरूको फुट्छ । जातीय नाराको रूपमा । अस्ति म झापा गएँ जातीय नारा उचालेर ढुंगा हाने । एउटा ताप्लेजुङको बाबु प्रहरीमा इन्स्पेक्टर भर्खरै जागिर खान गएको रहेछन– उनको टाउको फुटाइदिए । कसले फुटाइदिए भन्दा त लिम्बूको टाउको लिम्बूले हानेको ढुंगाले फुटायो । अनि कुन जातीय कुरा हो ।’
अध्यक्ष ओलीले अनावश्यक घुसपैठ गरेर आतंक सिर्जना गर्न खोजिएको पनि बताउनु भयो । ‘अर्को एउटा चौधरी अर्को राई र लिम्बूको बीचमा क्षेत्रीबाहुन घुसेको छ । त्यसले चौधरीको टाउको फुटाइदिएको छ । विराटनगरको जुलुसमा आफ्नो साथीको टाउको आफैंले फुटाएर मारे अरुले यो र त्यो ग¥यो भनेर उत्पात मच्चाए । अझै जनता सचेत नभएर अरुले उचालेर लडाएको भरमा,’ ओलीको भनाई थियो ।














प्रतिक्रिया दिनुहोस्