बैतडी, ७ भदौ । बैतडीका एक शिक्षक तीन दिनदेखि बेपत्ता हुनुभएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनीका ५२ वर्षीय जयबहादुर बोहरा मंगलबार साँझदेखि बेपत्ता हुनुभएको हो ।
बोहरा लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते मंगलबार बेलुका विद्यालयबाट घर फर्किदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो । शिक्षक बोहरा बेपत्ता भएको प्रहरीलाई बुधबार साँझ मात्रै बोहराका दाजुले खबर गर्नुभएको थियो ।
बेपत्ता शिक्षकको स्थानीय गन्नीगाडको छेउमा चप्पल भने फेला परेको प्रहरीले बताएको छ । बेपत्ता शिक्षक बोहराको खोजीको लागि प्रहरीको टोली गन्नीगाड क्षेत्रमा परिचालन गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्