काठमाडौं, १० भदौ । जिल्ला प्रशासन कार्यालयले धरान सामान्य स्थितिमा फर्किएपछि हिजो जारी गरेको निषेधाज्ञालाई आज निरन्तरता नदिएको हो । खुलेआम गौहत्या र त्यसको विरोधमा गरिएको आन्दोलनले तनावपूर्ण बनेको धरान आज सामान्य अवस्थामा फर्किसकेको छ ।
गौहत्यामा संलग्नहरूलाई कारबाही माग गर्दै हिजो देशका विभिन्न भागबाट हिन्दू धर्मावलम्बीहरूले शान्तिपूर्ण र्याली निकालेका थिए ।
र्यालीका क्रममा कुनै पनि अप्रिय स्थितिको सिर्जना नभएपछि आज धरानमा सामान्य अवस्था आएको हो । सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज स्थिति शान्तिपूर्ण रहेको भन्दै निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने परिस्थिति नरहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्