काठमाडौं, १० भदौ । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली कांग्रेस सांसद राजेन्द्र केसी प्रस्तावक रहनुभएको छ भने एमाले सांसद दामोदर भण्डारी समर्थक रहनुभएको छ ।
पोखरेल मोरङ–२ बाट निर्वाचित सांसद हो । त्यस्तै महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँको प्रस्तावकमा कांग्रेस सांसद शान्ति बिक हुनुहुन्छ भने एमाले सांसद अस्मा कुमारी चौधरी समर्थक बन्नु भएको छ । उहाँ रौतहटबाट निर्वाचित सांसद हो । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेको हो ।













प्रतिक्रिया दिनुहोस्