काठमाडौं, १० भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले सरकारले कुनै ठोस नीति लिएर अघि बढ्न नसकेको बताउनुभएको छ ।
उहाँले सरकार परम्परागत नीतिमै रहेको बताउदै अहिलेका नीति, कार्यक्रम र बजेटहरूमा आफूले कुनै नयाँ कुरा केही नदेखेको दावी गर्नुभयो । ‘उही हिजोको नवउदारवादी चिन्तनको धरतलबाट नै सरकार दौडिरहेको छ ’ उहाँले भन्ँनुभयो ।
समाजवादी प्रेस संगठनको दोस्रो स्थापना भेलालाई सम्बोधन गर्दै उहाँले सरकारले अहिलेको समस्या समाधान गर्नको लागि कुनै ठोस नीति लिएर अघि बढ्न नसकेको टिप्पणी गर्नुभएको हो ।
उहाँले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक टिप्पणी भनिएपनि कतै कार्यान्वयन नभएको बताउनुभयो । उहाँले शर्तसहितको कुनै पनि रकम स्वीकार्य नहुने सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘देशको स्वतन्त्रताविरुद्धको शर्त कुनै मान्य हुँदैन । त्यो हाम्रो राष्ट्रियता र स्वभाविमानको विरुद्ध हुन्छ । त्यसैले एमसीसी इन्डोप्यासिफिक स्टाटेजिको अंग भएपछि हामीले विरोध गरेका हौं ।’













प्रतिक्रिया दिनुहोस्