चिली, १६ भदौं । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको छ । रेलले मिनिबसलाई केही मिटरसम्म घिसारेर लगेको थियो, जुन दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
चिलीको राजधानीबाट करिब ५०० किलोमिटर दक्षिणमा रहेको सान पेड्रो डे ला पाज सहर नजिकै रेलवे क्रसिङमा उक्त दुर्घटना भएको अधिकारीहरूले बताएका छन् । प्रहरी अधिकारीले मिनिबसमा १४ जना यात्रु सवार थिए जसमध्ये सात जनाको दुर्घटनामा मृत्यु भएको बताउनुभयो । अन्य सात जना घाइते भएका छन्, जसमध्ये पाँचको अवस्था गम्भीर छ ।
चिलीको राज्य रेलवे कम्पनीले एक विज्ञप्तिमा मिनीबस रेलवे क्रसिङ पार गर्ने क्रममा दुर्घटना भएको जनाएको छ । दुर्घटनापछि रेलवे क्रसिङको सुरक्षाको समीक्षा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्