जनता टाइम्स

१७ भाद्र २०८०, आईतवार १४:५२

कारागारबाट कैदी फरार


बर्दिया, १७ भदौ । बर्दिया कारागार गुलरियाबाट आज एक कैदी फरार भएका छन् । आज बिहान ३ बजे कारागार भवनको छत चढेर पर्खालबाट हामफालेर कैदी अजित बुढाक्षेत्री फरार भएका प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा जेल जीवन बिताइरहेका बुढाक्षेत्री फरार भएका हुन् ।

उनको खोजी भइरहेको प्रहरीको भनाइ छ । २०७१ सालमा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय भोगिरहेका थिए ।