जनता टाइम्स

२२ भाद्र २०८०, शुक्रबार १८:१४

कोशीमा एमालेले टुंग्यायो तीन मन्त्री र एक राज्यमन्त्रीको नाम, को को परे ?


विराटनगर, भदौ २२ । नेकपा एमालेले कोशी प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।

पार्टी निर्णयअनुसार मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नो शपथअगावै ३ मन्त्री र १ राज्यमन्त्रीसहित मन्त्रिपरिषद बिस्तार गर्नुभएको हो । सर्वोच्च अदालतले संविधानको धारा १६८ (३) अन्तर्गत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसङै आजै मन्त्रीपरिषद विस्तारको तयारी भएको हो ।

दिउँसो सम्ममा २ जना मन्त्री नियुक्त गर्ने तयारी भएपनि भूगोल र जात जाती समेत मिलाउनु पर्ने दवाब आएपछि मुख्यमन्त्री हिक्मत कार्कीले थप १ मन्त्री र राज्यमन्त्री नियुक्ति गरि मन्त्री परिषद विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकराज कार्की पाँचकर्ण राईलाई मन्त्री नियुक्ति गर्नुभएको छ । मेन्याङ्वो ताप्लेजुङ, कार्की झापा र राई खोटाङ्बाट विजयी हुनुभएको छ । एमाले स्रोतका अनुसार कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्रीको जिम्मेवारी पाउनु हुने भएको छ । मेन्याङ्बोले यसअघि कार्की नेतृत्वमै यही मन्त्रालय सम्हाल्नुभएको थियो ।

त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको रुपमा शपथ लिन लाग्नुभएको छ । यसैगरी भोजपुरबाट समानुपातिक सांसद सृजना राईल सामाजिक विकाश राज्यमन्त्रीको जिम्मेवारी पाउनु लाग्नुभएको छ ।