काठमाडौं, भदौ २८ । प्रतिनिधि सभाको बैठकले पूर्वसभामुख तथा संबिधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
आज बसेको प्रतिनिधि सभा बैठकले संविधानसभा अध्यक्ष, प्रतिनिधि सभाका सांसद तथा नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो।
सभामुख देवराज घिमिरेले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरिएको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘शोक प्रस्ताव सर्वसहमतिले पारित भएको घोषणा गर्दछु ।’ नेम्वाङको निधनप्रति सांसदहरूले एक मिनेट मौनधारणसमेत गरेका थिए। सालिन नेता नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।
नेम्वाङको पार्थिव शरीर बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिएको हो।
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ। आज नै बसेको राष्ट्रियसभा बैठकले पनि नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै असोज १२ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।













प्रतिक्रिया दिनुहोस्