जनता टाइम्स

५ आश्विन २०८०, शुक्रबार १५:२९

नक्कली नोटसहित एकजना पक्राउ


सुनसरी, ५ असोज । ईटहरी उपमहानगरपालिका–६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका–५ खमारे बस्ने २५ वर्षीय बिवेक राईलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।