जनता टाइम्स

१७ आश्विन २०८०, बुधबार १२:३०

पतिका हत्यारा रिगललाई आममाफी दिएको विरोधमा माइतीघरमा अनशन बसिन पत्नी भारती


काठमाडौं, असोज १७ बाँकेका योगराज ढकाल (रिगल) लाई आममाफी दिएको विरोधमा भारती मानन्धरले अनशन सुरू गर्नुभएको

आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्रपौडेलले आममाफी दिएपछि न्यायका लागि भारती अनसन बस्नुभएको हो चेतनको परिवारले आममाफीको विरोध गर्दै आएका छन्।

भारतीले बुधबार बिहानदेखि माइतीघर मण्डलमा अनशन सुरू गर्नुभएको हो   उहाँले श्रीमानको हत्या गर्नेलाई पुन: जेलमा पठाउनुपर्नेमाग गर्नुभएको

हत्यारालाई फेरि जेल चलान गर्नुपर्छ, यो विषय सरकारले देखेर पनि नदेखेजस्तो नगरोस्। बीचमै हत्यारालाई आममाफी दिँदा यस्ताहत्यारा अरू पनि जन्मिन्छन्। राजनीतिक शक्ति दुरूपयोग गर्दै हत्याराहरू अघि बढ्न सक्छन्,’ भारतीले भन्नुभयो।

भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो।

०७५ भदौ अघिको घटना भए ४० प्रतिशत त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको  कैदीलाई जेलमा असलचालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकोथियो। सोही सिफारिसको आधारमा रिगल जेलमुक्त भएका छन