काठमाडौँ, असोज १७ ।आज रातिदेखि २०२५ डाइभर्सिटी भिसा (डीभी)को आवेदन आजदेखि सुरु हुँदैछ । नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटदेखि आवेदन लिन सुरु गरिने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।
दूतावासले डिभी कार्यक्रमका लागि एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासको भनाई छ ।
आज रातिदेखि नोभेम्बर ७ तारिख राति १०:४५ बजेसम्म जुनसुकै बेला आवेदन बुझाउन सकिनेछ । आवेदनका लागि कुनै शुल्क लाग्ने छैन ।
डाइभर्सिटी भिसाको आवेदन dvprogram.state.gov बाट मात्र गर्न सकिनेछ । तपाईंको फोटो पछिल्लो ६ महिनाभित्रको हुनुपर्छ । अघिल्लो वर्षको फोटो पुनस् प्रयोग गर्नुहुँदैन ।
आवेदनमा आफ्नो पति/पत्नी र २१ वर्षभन्दा कम उमेरका सबै अविवाहित सन्तानहरूको जानकारी राख्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्