जनता टाइम्स

१८ आश्विन २०८०, बिहीबार १४:२८

न बिजनेश, न कुनै सन्दर्भ संसद् बैठक किन बस्दैछ ? : ठाकुर गैरे


काठमाडौं, १८ असोज । नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद् बिजनेसविहीन भएको बताउनु भएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बिजनेश बिनाको संसद् किन बसेको भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नभयो, ‘यो बिना बिजनेशको यो टाइपको संसद् किन चलिरहेको छ रु न बिजनेश छ न कुनै सन्दर्भ छ रु बिना बिजनेशको सदन बस्नुको अर्थ छैन।’

उहाँले पाल्पामा बाँदरको आक्रमणबाट बाख्रा मरेको भन्दै धेरै नोक्सानी गर्न थालेकाले नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो।