जनता टाइम्स

२० आश्विन २०८०, शनिबार १७:४२

एमाले उपत्यका बिशेष प्रदेशमा पनि जुटेन सहमति, अध्यक्षमा पराजुली र रिजालको उम्मेदवारी दर्ता


काठमाडौं, असोज २० । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्ष प्रेमकुमार पराजुली र उपसचिव चन्द्र रिजालले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

इञ्चार्ज सुजाता शाक्यले पराजुलीलाई दोहोर्याउन पहल गरिरहनु भएको बेला उपसचिव रिजालले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । अन्य पदमा पनि एक भन्दा बढी उम्मेदवारी परेको छ ।