जनता टाइम्स

१० कार्तिक २०८०, शुक्रबार १५:१९

चीनका पूर्वप्रधानमन्त्रीको निधनमा एमाले अध्यक्ष ओलीद्धारा दुःख ब्यक्त


काठमाडौं, १० कार्तिक । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख ब्यक्त गर्नुभएको छ ।

शुक्रबार बिहान हृदयघातका कारण सांघाइमा चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको थियो । उहाँको निधनले चुनौती पुर्ण अबधीमा नेपाललाई दिएको साथ अध्यक्ष ओलीले स्मरण गर्नुभएको छ ।

‘‘पूर्व प्रधानमन्त्री ली खछ्याङको आकस्मिक निधनले गहिरो दुःख लागेको छ । मैले हाम्रा भेटहरूका सम्झनाहरू मन पराएको छु, विशेष गरी सन् २०१६ मा भएको नेपालका लागि चुनौतीपूर्ण अवधिमा,’ ओलीले स्मरण गर्दै भन्नुभएको छ , ‘उहाँको परिवार र चीनका जनताप्रति मेरो गहिरो र हार्दिक समवेदना छ ।