जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार १८:२३

स्रोत नखुलेको साढे १६ लाखसहित एक जना पक्राउ


परासी, १६ कार्तिक । स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित एक जनालाई बिहीबार दिउँसो प्रहरीले परासीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन् ।

भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा रामग्रामको उजैनीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

कालो ब्यागमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद भएको रकम १ हजार दरका ७ सय र ५ सय दरका १९ सय थान रहेको छ। पक्राउ परेका खानलाई रकमसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी बोहराले बताउनुभयो ।