जनता टाइम्स

२१ कार्तिक २०८०, मंगलवार १४:४६

बागमतीको भौतिक पूर्वाधार मन्त्रीका अंगरक्षक मृत फेला


काठमाडौ, कातिक २१ । बागमती प्रदेश सरकारका एक मन्त्रीका अंगरक्षक मृत फेला परेका छन्। भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालका अंगरक्षक प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मंगलबार बिहान साढे ६ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्मारक क्षेत्रमा सुवेदी मृत फेला परेका हुन्। उनको शव पोष्टमर्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ। सुवेदीको मृत्युको कारण खुलिनसकेको प्रहरीले बताएको छ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।