जनता टाइम्स

२४ कार्तिक २०८०, शुक्रबार १९:२५

अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो २४५ रनको लक्ष्य


काठमाडौं, २४ कात्तिक । अफगानिस्तानले दक्षिण अफ्रिकालाई २४५ रनको लक्ष्य दिएको छ । जारी क्रिकेट विश्वकपको लिग चरणको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुदै २४४ रन बनाएको हो ।

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाईले सर्बाधिक अविजित ९७ रन बनाएका थिए ।

त्यस्तै अफगानिस्तानका लागिनूर अहमद र रहमत शाहले २६.२६ रन बनाए भने रह्मनुल्लाह गुरबाजले २५ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका बलर गेराल्ड कोएत्जीले सर्बाधिक ४ विकेट लिए भने लुंगी एनगिडी र केशब महाराजले २(२ विकेट लिएका थिए ।