जनता टाइम्स

७ मंसिर २०८०, बिहीबार १५:०९

राजतन्त्र फर्काउने कुरा बेतुके : विजयकुमार पाण्डे


काठमाडौं, ७ मंसिर । पत्रकार विजय कुमारले राजतन्त्र फर्काउने कुरा बेतुकको भएको बताउनु भएको छ । आज सामाजिक सञ्जलमा आफ्नो भनाई राख्दै उहाँले बसैलाई घोचपेच नगरी राजतन्त्र फर्काउने कुरा हावादारी भएको बताउनुभयो ।

उहाँले राजतन्त्र कसले हटायो र कसरी फर्किन्छ ? भन्ने प्रश्न गर्दै फाल्न भन्दा फर्काउने बढी शक्ति लाग्ने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘जसरी एउटा हिलोमा फसेको गाडी त्यहाबाट निश्कन पहिलेभन्दा ज्यादा शक्तिको आवश्यकता पर्छ, राजतन्त्रको विषयमा पनि त्यही हो ।’ उहाँले पहिले त राजा ल्याउछौं भन्नेहरू एक ठाँउ हुनु पर्यो, जुन नेपालको सन्दर्भमा धेरै कठिन रहेको बताउनुभयो ।

राजा फर्काउछौँ भन्नेहरूले विश्वमा धेरै प्रकृतिका राजतन्त्र छन् नेपालमा कस्तो प्रकृतिको राजतन्त्र ल्याउन खोजेको हो ? प्रष्ट नभएको र कसैले जवाफ दिन नसकेको उहाँले भन्नुभयो । तत्कालीन सात दल, माओवादी, राजा ज्ञानेन्द्रको आफ्नै कार्यशैलीले राजतन्त्र फालिएको नेपालमा अहिले कसैले जत्रो आन्दोलन गरे पनि राजा नफर्कने उहाँको दावी थियो ।