पर्वत, २१ मंसिर । मध्यपहाडी लोकमार्ग केन्द्रित नेपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा केही बेरमा पर्वत आईपुग्दै छ ।
बागलुङ सदरमुकाम बागलुङ बजारमा सन्देश सभा सकेर अघि बढेको टोली पर्वत पुग्न लागेको हो । पर्वतमा एमालेको टोलीलाई स्वागत गर्न ठुलो सङ्ख्यामा सर्वसाधारण भेला भएका छन् ।
झुलाघाटबाट अभियान सुरु भएको आठौँ दिन टोली बागलुङ हुँदै पर्वत आउन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू सम्मिलित टोली पर्वत जाँदै छ ।
अभियानमा रहेको एमालेको टोलीलाई स्वागत गर्न स्थानीय सडकमा लामो समयदेखि लाइन लागेर बसेका छन् । केहिबेरपछि आज पर्वतको कुश्मामामा एमालेको जनसभा हुँदै छ । आजको बास पोखरा तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्