जनता टाइम्स

१२ पुष २०८०, बिहीबार १०:१५

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामुक्त


काठमाडौं,  पुस १२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल थुनामुक्त हुनुभएको छ।

उच्च अदालत पाटनले उनलाई १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटी वापत बुझाउने रकम नभएको भन्दै उहाँ डिल्लीबजारस्थित केन्द्रीय कारागारमै बसिरहनुभएको थियो ।हालै उनको परिवारले धरौटी रकम बुझाएपछि बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएर छाडिएको कारागारका एक अधिकारीले बताउनुभयो । रिजालले आफूले यो मामलालाई बाहिर ल्याउन भूमिका खेल्नेमध्येका समेत हुनुहुन्छ ।

तर, ४ जेठमा उहाँ आफैं पक्राउ पर्नुभएको थियो । पहिले सरकारी साक्षीका रुपमा बोलाएर छाडिएको थियो । तर, दोस्रो पटक फेरि कागजातमा हस्ताक्षर गर्न भन्दै बोलाएर आफूलाई पक्राउ गरिएको उहाँ बताउँनुहुन्छ । अदालतमा मुद्दा अझै विचाराधीन रहेकाले यो प्रकरण टुंगोमा पुगेपछि यसबारे सार्वजनिक रुपमा बताउने रिजालले बताउनुभयो ।