काठमाडौं, पुस १२ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाउनुभएको छ ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताउनुभएको थियो । उहाले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले बताए । ‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु १ जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु , जय देश ,’ उनले सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।
धरान उपमहानगरका प्रवक्ता समेत रहेका १७ नम्बर वडाका अध्यक्ष मनोज भट्टराईले मेयर साम्पाङले कानुन विपरीत काम गरेको बताउनुभयो ।‘उहाँले देशको प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएर अराजकता देखाउनु भएको छ । उहाँको यो कदममा धरानको कार्यपालिकाले नीतिगत रुपमा विरोध गरेर, कानुनी दायरामा ल्याउन पहल गर्छ । उहाँको अराजकताले सीमा नाघेको छ,’ भट्टराइले भन्नुभयो।













प्रतिक्रिया दिनुहोस्