धनगढी, १६ पुस । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नु पर्ने बताउनुभएको छ । धनगढीमा नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन कम्तिमा पनि तीन सय सैय्याको अस्पताल चलेको हुनुपर्ने बताउनुभयो ।
विश्वविद्यालय बनाउन अस्पताल राम्रो चलेको हुनुपर्ने बताउँदै उहाँले एक सय सैय्याको अस्पताल राम्रोसँग चलाएर तत्काल तीन सय सैय्याको अस्पताल सुरु गर्नु पर्ने बताउनुभयो । त्यसपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय चलाउन कुनै समस्या नहुने मन्त्री बस्नेतको भनाइ छ । मेडिकल क्षेत्रका जुनसुकै विद्यार्थीलाई पनि बिरामी चाहिने भएकाले अस्पताल चलेको हुनुपर्ने उहाँको धारणा छ ।
‘स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बन्न सुरुमा एक सय सैय्याको अस्पताल राम्रोसँग चल्नु पर्छ,’ उहाँले भन्नुभयो,‘त्यसपछि तीन सय सैय्याको अस्पताल चलाउने र त्यो राम्रोसँग चले मात्र स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन योग्य हुन्छ ।’ उहाँले गेटामा केही थप स्वास्थ्यकर्मीको व्यस्थापनगरि उपचार सेवा सुरु गरेको बताउनुभयो । गेटामा एक सय ४१ जना स्वास्थ्यकर्मीको स्वीकृति भएको हुँदा अहिले एक सय सैय्याको अस्पताल चलाउन समस्या नहुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्