जनता टाइम्स

१९ पुष २०८०, बिहीबार १८:०९

मोरङमा १० वर्षीया बालिका बलात्कृत


इटहरी, १९ पुस । मोरङमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार धनकुटा घर भएकी बालिकाका हजुरबुवा र हजुरआमासँग मगरकै घरमा डेरामा बस्दै आएको बताउनुभयो ।

आफ्नै घरमा डेरा बस्दै आएकी बालिकालाई मगरले पटक–पटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताउनुभयो । घरमा अभिभावक नभएको मौका छोपी शौचालयनजिकको खाली जग्गामा लगेर मुख थुनेर बोल्नसमेत नदिइकन कसैलाई भनेमा कुटपिट तथा मार्ने गर्ने धम्की दिएर बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

मुख थुनेर बोल्नसमेत नदिइकन र कसैलाई भनेमा कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रहरीले जनाएको छ । बुधबार राति उनलाई पक्राउ गरिएको र मुद्दा दर्ता गरेर आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत पठाइएको प्रहरीको भनाइ छ ।