जनता टाइम्स

२० पुष २०८०, शुक्रबार १४:४८

बोलपत्रमा मिलेमतो भएको होइन


काठमाडौं, २० पुस । कृषि, तथा पशुपन्क्षी विकास मन्त्रालय मातहतको कार्यालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले खोरेत र लम्पी स्किन भ्याक्सिन खरिदका लागि गरेको बोलपत्रमा मिलेमतोको नभएको सुनगाभा भेट फर्माले जनाएको छ । आयोजनाले गत कार्तिक २६ गते लम्पी स्किन डिजिज र फुट एण्ड माउठ डिजिज भ्याक्सिन खरिदका लागि ४५ दिने सुचना जारी गर्दै बोलपत्र दरभाउपत्र आह्वान गरेको थियो ।

यसअघि यसै डिजिटल पत्रिकामा संप्रेषित समाचारको खण्डन गर्दै उक्त फर्माले जानकारी दिएको छ । पत्रमा फर्माले भनेको छ,‘बोलपत्र आव्हान गर्दा बोलपत्रको आफ्नै पद्धति हुन्छ । तिनै प्रक्रिया र पद्धतिलाई पालना गर्दैं सुनगाभा भेट पनि तीनै संस्थाहरुले जसरी नै विद्युतीय बोलपत्रमा सहभागी भएका हुन् ।’