जनता टाइम्स

२५ पुष २०८०, बुधबार १८:२१

पुस २६ मा सुदूरपश्चिम प्रदेशमा भुवा पर्वको सार्वजनिक बिदा


धनगढी, २५ पुस । सुदूरपश्चिम प्रदेश सरकारले भोलि अर्थात पुस २५ गते प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

खासगरि बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ । भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म धनगढी स्थित रंगशालामा भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गरेको छ ।