जनता टाइम्स

११ माघ २०८०, बिहीबार १६:५९

कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार कोइराला विजयी


विराटनगर, माघ ११ । कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

उहाँले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गर्नुभएको हो । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाउनुभयो भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाउनुभयो ।