जनता टाइम्स

१६ माघ २०८०, मंगलवार १२:४९

‘संसदमा केपी ओली’ आज सार्वजनिक हुँदै


काठमाडौं, १६ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेका मन्तव्यहरुको संग्रह ‘संसदमा केपी ओली’ संसदमा केपी ओली आज सार्वजनिक हुने भएको छ । दिउँसो १२ः३० बजे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यो पुस्तक सार्वजनिक गर्ने हुनुभएको छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा अध्यक्ष ओली पनि सहभागी हुनुहुनेछ ।

अध्यक्ष ओलीले २०४८ देखि २०७४ सम्म संसदमा गरेका सम्बोधनहरुको संकलन सानुमैया खड्का (सबिता) ले गर्नुभएको हो । पुस्तकको सम्पादन र प्रकाशन पनि उहाँले नै गर्नुभएको हो । विद्यावारिधीकी विद्यार्थी खड्काका अनुसार पुस्तक ८५२ पेजको छ । पुस्तकमा हरेक संसदमा अध्यक्ष ओलीले राख्नुभएको धारणाहरु समेटिएका छन् ।