जनता टाइम्स

१ फाल्गुन २०८०, मंगलवार १८:४१

पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्य


काठमाडौं फागुन १ । पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मंगलबार अपराह्न तिनाउ गाउँपालिका–६ स्थित शिखरडाँडामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट शिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको हो ।

तिनाउ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टोमबहादुर पुनले पनि दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटना हुँदा १५ जना घाइतेको उद्धार गरी अस्पताल पठाएको उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक राजकुमार चापागाईले घाईतेहरूको उद्धार गरी लुम्विनी मेडिकल कलेज पठाइएको बताउनुभयो र घाइते र मृतकहरूको पहिचान अझै खुलेको छैन । घाइतेहरू अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।