जनता टाइम्स

८ फाल्गुन २०८०, मंगलवार ११:५९

सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना


काठमाडौं, ८ फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग इन्टर पारिस, पार्लियामेन्ट इन पार्टरनसिपका प्रमुख जोनाथन मफीले भेटवार्ता गर्नुभएको छ । नेपाल भ्रमणका अवसरमा आज सिंहदरबारस्थित कार्यकक्षमा उनीहरुबीच शिष्टाचार भेट भएको हो । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले संसद जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले यसलाई प्रभावकारी बनाउन सक्दा प्रजातन्त्र बलियो बने बताउनुभयो ।

उहाँले सरकारलाईं कसरी संसद र जनताप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने कुरामा इयुबाट सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले नेपालको संसद भवन भूकम्पमा क्षतिग्रस्त भएपछि नयाँ बन्ने चरणमा रहेकाले त्यसलाई कसरी प्रविधियुक्त तथा पेपरलेस बनाउन सकिन्छ तथा सांसद र संसदका कर्मचारीको क्षमता बिकासका लागि पनि सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

भेटमा प्रमुख मर्फीले प्रजातन्त्र नै युरोपेली संसदको गहना भएको बताउँदै नेपालको संसद संग प्रजातान्त्रिक पद्धति बलियो बनाउने उल्लेख गर्दै आगामी दिनमा आवश्यकताका आधारमा दुई पक्षीय सहयोगका विषयमा सहकार्य गर्दै जान सकिने बताउनुभयो ।