जनता टाइम्स

२३ फाल्गुन २०८०, बुधबार १९:३६

धर्मको नाममा द्वन्द्व निम्त्याउने कोसिस हुँदैछ : अध्यक्ष ओली


बागलुङ, २३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्मका नाममा द्वन्द्व मच्याउनेहरु सक्रिय हुन थालेको बताउनुभएको छ ।

बागलुङको पञ्चकोटमा ब्रमण्डीय महायज्ञको समापन समारोहलाई आज सम्बोधनका गर्नुहुँदै अध्यक्ष ओलीले नेपाल बहुधार्मिक, बहुभाषिक राज्य भए पनि धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरू सक्रिय हुन थालेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो,‘जाति र धर्मका नाउमा द्वन्द्व निम्त्याउने कोसिस भइरहेको छ, यो नेपाल र नेपालीको लागि दुःखद कुरा हो। त्यसैले हामी सचेत हुनु पर्छ। नेपाली धर्मका नाममा द्वन्द्व र काटाकाट गर्दैनन् । त्यो धर्म होइन ।’

सर्वे भवन्तु सुखिन्, सर्वे सन्तु निरामय भन्ने वाक्यांशले नेपाली सबैलाई सुखी र खुसी बनाउने भन्दै उहाँ नेपालीहरूले मिलेर बस्ने धर्म मान्दै आएको पनि दाबी गर्नुभयो। अध्यक्ष ओलीले मानिसको चेतना र भावनालाई ठीक पारे मान्छेद्वारा सिर्जित समस्या समाधान हुने बताउनुभयो ।