जनता टाइम्स

३० फाल्गुन २०८०, बुधबार १३:५५

पिएनजीले नेपाललाई दियो १७२ रनको लक्ष्य


काठमाडौं, ३० फागुन । पिएनजीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । हङकङमा जारी टी–२० सिरिजको फाइनल खेलमा टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको हो ।

पिएनजीका लागि ओपनर टोनी उराले सर्बाधिक ६१ रन बनाएका थिए भने आलेई नाओले ३० रन बनाए भने हिला भारेले १८, हिरी हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपेरले १३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर आकास चन्द र कुशल भुर्तेलले ३(३ विकेट लिएका थिए भने करण केसी र गुलशन झाले एक एक विकेट लिएका थिए ।