रौतहट, ३ चैत । नेपाल कराते महासंघको प्रथम बार्षिक साधारणसभा सुरु भएको छ । बाराको निजगढमा आजबाट सुरु भएको साधारणसभाको उद्वघाटन गर्दै राष्ट्रिय खेलकुद परिषादका सदस्य सचिव टंकलाल घिसिङले खेलकुदको विकासका माध्यमबाटनै देशको विकास सम्भव हुने बताउनुभयो ।
नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा भएको उक्त समारोहमा बोल्दै घिसिङले राष्ट्रिय खेलकुद परिषदमा दर्ता रहेका खेल संघ मध्य कराते महासंघले एक बर्षको अवधिमा धेरै काम गरेको भन्दै कराते महासंघको कामको प्रशंसा गर्नुभयो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा अबका दिनका धेरै पदक ल्याउनका लागि खेलको स्तर हेरेर राष्ट्रिय खेलकुद परिषदले लगानी गर्ने बताउनुभयो । भोली सम्म चल्ने साधारण सभामा सातै प्रदेशका करिव एक सय प्रतिनिधिको सहभागीता रहेको छ ।
बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले कार्यक्रम सफलताको शुभकामनासँगै खेलकुद विकासका लागि बागमती प्रदेश खेलकुद परिषदले सक्दो सहयोग गर्ने प्रतवद्वता व्यक्त गर्नुभयो । नेपाल कराते महासंघका महासचिव दावा गुरुङले एकवद्व करातेले अबका दिनमा आउने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा देशका लागि धेरै भन्दा धेरै पदक ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्