जनता टाइम्स

१८ असार २०८१, मंगलवार १८:३१

पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा


पोखरा, १८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ । आज अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको हो ।

पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो । अख्तियारले सोही उजुरीको आधारमा छापा हानेर कागजातहरु नियन्त्रणमा लिएको छ ।