काठमाडौं, ३२ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसबीच फोनवार्ता भएको छ । बंगलादेशमा सत्ता परिवर्तन र अन्तरिम सरकार गठनपछि मोहम्मद युनुस र प्रधानमन्त्री मोदीबीचको यो पहिलो वार्ता हो ।
मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ,‘मलाई मोहम्मद युनुसको फोन आयो । यस क्रममा हामी दुबैले बंगलादेशको वर्तमान अवस्थाको बारेमा कुरा गर्यौं ।’ मोदीले भन्नुभएको छ,‘मैले लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र प्रगतिशील बंगलादेशको लागि भारतको समर्थन दोहोर्याएको छु । उहाँले (मोहम्मद युनुस) बंगलादेशमा हिन्दू र सबै अल्पसंख्यकहरूको सुरक्षाको आश्वासन दिएका छन् ।’
बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनपछि शेख हसिनाले अगस्ट ५ मा बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि उहाँ भारतमा रहनुभएको छ । अहिले बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार छ । युनुस नोबेल पुरस्कार विजेता एक प्रख्यात अर्थशास्त्री हो ।













प्रतिक्रिया दिनुहोस्