जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार १८:०२

कस्तुरीको ‘बिना’ सहित समातीय दुई भारतीय नागरिक


शुभ नारायण कामती/सिरहा । कस्तुरीको विना जस्तो देखिने वस्तु सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाको पथरी बस्ने वर्ष २८ को ओम कुमार ओम र वर्ष २७ को सत्यम कुमार सिंह रहेका छन् ।

बरियारपट्टी गाउँपालिका वडा नं ३ स्थित छोटी भन्सार कार्यालयको मूलगोटमा सिमा सुरक्षा बल (बोर्डर आउट पोष्ट) बरीयापट्टीको टोलीले द्यच्घद्दथ् द्दटढछ नम्बरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा कस्तुरीको बिना जस्तो देखिने बस्तु सहित २ जनालाई सोमवार दिउँसो करिब २ः३० बजेको समयमा पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल गण हे.क्वा.सिरहा नं ७, गण सिरहाका प्रमुख प्रविण कंडेलले बताउनु भयो । पक्राउ गरीएको दुर्वजनालाई थप अनुसन्धानको लागि कस्तुरीको बिना जस्तो देखिने वस्तु सहित डिभिजन वन कार्यालय लहान पठाइएको छ ।