काठमाडौँ, १६ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनका लागि सत्तारुढ दलहरूको बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको हो । प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो।
त्यस्तै बैठकमा ताप्लेजुङको पाथीभरामा क्षेत्रमा बनाउन लागिएको केबलकार निर्माणका विषयमा देखिएको विवाद वार्ताबाटै समाधान गर्नुपर्ने पक्षमा कांग्रेस देखिएको छ । बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले केबुलकार निर्माणका सम्बन्धमा देखिएको समस्या वार्ताका माध्यमबाट समाधान गर्ने विषयमा सुझाव दिने नेताहरूले बताएको जानकारी दिनुभयो । बैठक अनौपचारिक भएकाले कुनै ठोस निर्णय भने भएन । बैठकमा नेताहरूले दिएको सुझावका आधारमा सत्तारुढ दलको संयन्त्रमा कुरा राख्ने निर्णय भएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्