काठमाडौं, फागुन २३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजतन्त्रको पछि दौडिएर समय खेर नफाल्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा आज उहाँले जनआन्दोलनबाट फालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफाल्न आग्रह गर्नुभएको हो ।
महासचिव पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएकोसमेत स्पष्ट पार्दै गुनासा र असन्तुष्टि जति भए पनि यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।
‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्, तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन, अढाइ सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो’, उहाँले लेख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्