काठमाडौं, १९ बैशाख । नेपाल विद्युत प्राधिकरणले १० अर्ब ऋण लिने तयारी गरेको छ ।
आज श्वेतपत्र जारी गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले क्यास ब्यालेन्स नभएकाले १० अर्ब ऋण लिन लागिएको बताएका हुन् ।
उनले भने, ‘हामीसँग क्यास ब्यालेन्स छैन रहेछ । १० अर्ब रुपैयाँ ऋणका लागि सरकारसँग स्वीकृती लिन पत्र पठाइसकेका छौँ । यसका लागि प्रक्रिया अगाडी बढिसकेको छ ।’
कार्यकारी निर्देशक शाक्यले चालु आर्थिक वर्षको फाल्गुन मसान्तसम्म भएको ठेक्का पट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरूको परिमाण ११ अर्ब ६१ करोड रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्