जनता टाइम्स

४ जेष्ठ २०८२, आईतवार ०६:२४

चन्द्रमामा अन्तरिक्ष यानको टायर पङ्चर हुने समस्या


काठमाडौं, ४ जेठ ।  चन्द्रमामा पुनः मानिस पठाउने योजना तिब्र बनिरहँदा वैज्ञानिकहरुले त्यहाँ अवतरण भएका यानको टायर पङ्चर हुने समस्या जटिल हुने बताएका छन् । सन् २०१२ मा अवतरण भएको मानवरहित ’क्युरिओसिटी रोभर’ को टायर पङ्चर भएको घटनाले वैज्ञानिकहरुलाई चिन्तित बनाएको बीबीसीले जनाएको छ ।

त्यो रोभरका अल्युमिनिअमबाट बनेका छ वटा कठोर टायरहरू एक वर्षमै फाट्नुका साथै प्वाल परेको पुष्टि भएपछि चन्द्रमामा लामो यात्रा र धेरै समय टिक्ने टायर कसरी बनाउने भन्ने चिन्ता बढेको छ ।

वैज्ञानिकहरुले चन्द्रमामा अवतरण गरेर त्यहाँबाट मङ्गल ग्रहतर्फको यात्रा तय गर्न सकिने बताइरहेका बेला चन्द्रमामै टाय पङ्चर भएपछि त्यो भन्दा अगाडीको यात्रा निकै पर धकेलिने सम्भावना रहेको फ्रान्सेली टायर निर्माता मिशलिनका प्रमुख कार्यकारी फ्लोरन्ट मेनगलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकाले सन् २०२७ सम्ममा अन्तरिक्ष यात्रीहरूलाई पुनः चन्द्रमामा पुर्‍याउने लक्ष्य लिएको छ । सन् १९६९ देखि १९७२ बीचका छ वटा अवतरणमा रोभरहरुले चन्द्रमाको सतहमा ४० किलोमिटर भन्दा धेरै दूरी पार गर्न सकेका थिएनन् । अमेरिकाले अब पठाउने रोभरलाई १० वर्षमा १० हजार किलोमिटर दूरी पार गराउने लक्ष्य राखेको छ । तर चरम तापक्रम र ब्रह्माण्डीय किरणहरूबाट टायरलाई कसरी बचाउने भन्ने चिन्ता छ ।