जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार ११:५९

सुनकोसीमा डुबेर एकजनाको मृत्यु


काभ्रेपलाञ्चोक, २५ जेठ । सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।