काठमाडौं, ९ असार । सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थि थाने कश्मिरा रोडका स्थायी ५६ वर्षीय गोपालप्रसाद खडानन्द गौली छन् ।उनलाई नेपाल प्रहरीको साइबरले आइतबार काठमाडौंस्थित तिलगंगाबाट पक्राउ गरेको हो । उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको समय लिएर अनुसन्धान थालिएको साइबर ब्युरोले जनाएको छ ।ब्युरोका अनुसार, पीडित महिला र उनको कामको सिलसिलामा चिनजान भएको थियो । त्यसपछि उनीहरू फेसबुकमा साथी बनर म्यासेन्जरमा कुराकानी गर्न थालेका थिए । प्रत्यक्ष भेटघाटका क्रममा पीडितसँग खिचेका तस्बिरलाई देखाएर बदनाम गराउने उद्देश्यले भिडियो बनाएर युट्युबमा राखेपछि पीडित महिलाले उजुरी दिएकी थिइन् ।
पहिचानका लागि गरिएको प्राविधिक विश्लेषण र अनुसन्धानबाट उनलाई पक्राउ गर्न सफल भएको ब्युरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्