जनता टाइम्स

१३ असार २०८२, शुक्रबार ०६:२२

काठमाडौं उपत्यकासहित पहाडी भेगमा रातभर वर्षा


काठमाडौं, १३ असार । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो पहाडी भेगमा रातभर पानी परेको छ । बितेको ६ घण्टामा डोटी, डोल्पा, रुकुम, म्याग्दी, कास्की, मनाङ, लमजुङ, काठमाण्डौ, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, इलाम लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

राति काठमाण्डौको बागमती, विष्णुमती र धोबीखोला तथा लमजुङको खुदीखोलामा बाढी आए पनि अहिले कम भएको छ । आज दिउँसो र राति पनि सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।