जनता टाइम्स

१८ असार २०८२, बुधबार १४:२३

पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला आउने


हुम्ला, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न २२ गते हुम्ला आउने हुनुभएको छ । कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका- ५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओेली हुम्ला आउने हुनुभएको हो।

पुल उद्घाटनका लागि प्रधानमन्त्री ओली हुम्ला आउने तय भएको नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज तथा एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले पुष्टि गर्नुभयो । प्रधानमन्त्री शर्मा ओेली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल सँगै हुम्ला आउने कार्यक्र तय भएको इन्चार्ज बोगटीले जानकारी दिनुभयो । बेलिब्रिज पुल उद्घाटन गरेपछि हुम्ला जिल्ला औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ ।