जनता टाइम्स

२९ मंसिर २०८२, सोमबार २३:३२

काशीनाथ अधिकारीकाे कुनै पदमा पनि उम्मेदवारी परेन, पार्टी नेतृत्वबाट बाहिर


काठमाडौं, मंसिर २९। नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा अनुशासन आयोगको अध्यक्ष पदका लागि नाम चर्चामा आए पनि  काशीनाथ अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएन।

महाधिवेशनस्थलमा बन्दसत्र चलिरहँदा पनि अधिकारी पार्टीको काममा व्यस्त देखिनुभएको थियो। केपी शर्मा ओली नेतृत्वको प्यानलबाट अनुशासन आयोगको अध्यक्ष पदका लागि उहाँको नाम अघि सारिएको भए पनि उहाँले न चुनावी प्रचार गर्नुभयो न त आफूलाई पद नपरेको असन्तुष्टि सार्वजनिक गर्नुभयो।

उम्मेदवारी दर्ताका लागि समय थपिएपछि पनि उहाँले उम्मेदवारी नदिने स्पष्ट निर्णय गर्नुभएको थियो। साँझसम्म पनि उहाँले कुनै पदमा उम्मेदवारी दर्ता गराउनु भएन ।

पार्टीभित्र कुशल संगठक र सरल पहिचान भएका नेताका रूपमा चिनिनु भएका अधिकारीले अब सक्रिय राजनीति छोड्ने आशय व्यक्त गर्नुभएको बताइएको छ।