पोखरा, पुष १४
प्रचण्ड–नेपाल समुहका नेता सुरेन्द्र पाण्डेले आफ्नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पोल खोलिदिनु भएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच किन एकता भयो र त्यसपछिको रहस्य के हो भनेर उहाले सविस्तार भन्नु भएको छ ।
तत्कालिन नेकपा एमाले र एकीकृत नेकपाका अध्यक्ष केपी शर्मा ओली २० महिनापछि मर्ने भएकाले एकता भएको नमिठो शब्द उहाले प्रयोग गर्नुभएको छ । ओलीले २० महिनामा मर्छु भनेर पार्टी एकता गरेको दाबी गर्नुभयो । ‘मलाई त डाक्टरले १८ महिनादेखि २० महिनामा मर्छ भनेको छ, म मर्ने नै हो, बाँच्ने नै होइन’, ओलीले भनेको भन्दै उहाको भनाइ उदृत गर्दै पाण्डेले भन्नुभयो, ‘हदै भए २२ महिना बाँचुला, पार्टी कसलाई जिम्मा लाउने भनेर छटपटाएको बेला तपाईंजस्तो नेता पाए, तपाईंलाई नेता पाएर बल्ल ढुक्क भएँ ।’
त्यतिबेला ओलीले तत्कालीन एमालेमा पार्टीको जिम्मा लगाउने व्यक्ति नै नभएको बताएको पाण्डेको दाबी थियो । ‘पार्टीको जिम्मा लिने कोही देखिन अरू भनेर ओलीले भनेपछि प्रचण्ड जीलाई पनि ढुक्क भयो’, पाण्डेले भन्नुभयो, ‘त्यसखालको कुरा गरेर पार्टी एकता घोषणा गरिएको थियो ।’ उहाले घुमाउरो पारामा तर स्पष्ट रुपमा केपी ओली नमरेका कारण यो सबै भईरहेको भनाई राख्नुभयो ।
ओली समुहले पनि प्रचण्ड–नेपाल समुहलाई यही आरोप लगाएपनि उनिहरुले इन्कार गर्दै आएका थिए । तर, सोही समुहका भावी महासचिवका रुपमा समेत हेरिएका पाण्डेले आफ्नै मुखबाट प्रचण्डको पोल खोलिदिनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्