काठमाडौं, पुष १६
नेकपाको अनौपचारिक विभाजनलगत्तै प्रचण्ड–नेपाल पक्षले तत्कालीन नेकपा एमालेको नाममा रहेका बैंक तथा वित्तीय संस्थाहरुको खाता रोक्का गर्न पत्रचार गरेका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपनि खाता भने अलग अलग सञ्चालन हुदै आएको थियो । व्यक्तिबीच एकता भएपनि आर्थिक कारोबार बेग्ला बेग्लै संचालन हुदै आएको थियो ।
एमालेको बैंक खाताले तत्कालिन माओवादी र नेकपाको सो खेमाका व्यक्तिलाई चिन्दैन । तर, रकमको लोभमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एमालेको खातामा रहेको रकम रोक्का गर्न सम्बन्धित संस्थालाई पत्रचार गरेका हुन् । तत्कालीन एमालेको बैंक खाता विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ र खेम पौडेलको नाममा संचालित छन् । चेकमा तीनजनाको हस्ताक्षर चल्नेमा रिमाल र श्रेष्ठ ओली नेतृत्वको नेकपाका नेता हुन् भने पौडेल कर्मचारी हुन् ।
प्रचण्ड–नेपाल पक्षका कार्यालय सचिव श्रीराम ढकालले दुवै अध्यक्ष प्रचण्ड र माधव नेपालले हस्ताक्षर गरेर पत्राचार भएको जानकारी दिनुभयो । यता ओली पक्षका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले भने एमालेको नाममा संचालित खाता माओवादीका अध्यक्ष प्रचण्डले रोक्का गर्ने भन्ने कुरा नै हास्यास्पद रहेको बताउनु भयो । एमालेका बैंक खाता यथावत् संचालनमा रहेको उहाको भनाइ छ ।
रिजालका अनुसार खाता नेकपाको नाममा ल्याउने प्रक्रिया चलिरहेका बेला पार्टी विभाजन भएको छ । पार्टीको चल अचल सम्पत्ति एमालेकै नाममा रहेको र एमालेको निर्वाचित अध्यक्ष केपी ओली भएकाले अर्को पक्षको हक नलाग्ने अोली पक्षको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्