काठमाडौं, माघ २४
साहित्यकार पुष्पा धमलाको गजल संग्रह ‘पुष्पहार’ विमोचन भएको छ । राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार एक कार्यक्रममा बीच पुस्तक विमोचन गरिएको हो । हातेमालो साहित्य संगलद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतिको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन भएको हो ।
साहित्य क्षेत्रमा निकै रुचि राख्ने धमला ओखलढुंगा स्थायी घर भई हाल काठमाडौं बस्दै आउनुभएको छ । उहाँले यसअघि पनि विभिन्न साहित्यिक कृतिहरु विभिन्न माध्यमबाट बजारमा ल्याउँनुभएको छ । विमोचन कार्यक्रममा उहाँले आफ्नो यस पुस्तकमा समावेश भएका गजलहरु सबैले मन पराइदिने आशा राख्नुभयो ।













प्रतिक्रिया दिनुहोस्