अमेरिका , माघ २५ । अमेरिकाका लागि नवनियुक्त नेपाली राजदुत डाक्टर युवराज खतिवडा अमेरिका आइपुग्नुभएको छ । आज कतार एयरलाइन्समार्फत दिउसो २ बजेर ४५ मिनेटमा उहाँ वासिंटन डिसी आइपुग्नुभएको हो ।

वासिंटन डिसीमा रहेको नेपाली दूतावासका तर्फबाट डेपुटी चिफ अफ मिसन कुमार खरेल लगायतको टिम खतिवडालाई विमानस्थलमा स्वागत गर्न पुगेको थियो ।

उहॉलाई स्वागत गर्न डि सि विमानस्थलमा दुतावासका कुमार खरेल ,होमकान्त भन्डारी लगायत दुतावास परिवार,माहवाणिज्यदुत प्रेमराजा महत प्रवासी नेपाली एकता मन्च अमेरिकाका अध्यक्ष प्रभु थापा कार्रवाइयों केन्द्रीय सदस्य प्रेम कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।

पूर्वराजदूत डाक्टर अर्जुनबहादुर कार्की हिजो बेलुका टर्किस एयरलाइन्समार्फत नै नेपाल फर्किसक्नुभएको छ । झण्डै ५ बर्ष अगाडि राजदूतका रुपमा अमेरिका आएका कार्की कार्यकाल सकिएपछि पनि नयाँ राजदूतको नियुक्तीमा भएको ढिलाई कारण अमेरिकामा नै बस्नुपरेको थियो ।राजदुत खतिवडा नेपाली अर्थविद् तथा नेपालका पूर्व अर्थमन्त्री हुनुहुन्छ । उहाँ नेपाल राष्ट्र बैङ्कको पन्ध्रौँ गभर्नर हुनुहुन्थ्यो । उहाँले कोलम्बोमा यूएनडीपी रिजनल सेन्टरमा तीन वर्ष अर्थशास्त्रीको रूपमा काम गर्नुभएको थियो ।

युवराज खतिवडा बिक्रम सम्बत २०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष हुनुभएको थियो ।
उहाँ ओली मन्त्रिमण्डलका अर्थमन्त्री हुनुहुन्थ्यो । गोकुल बाँस्कोटाले राजिनामा दिएपछि उहाँले सुचना तथा सञ्चार प्रविधि मन्त्रीको समेत काम गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्