चितवन, फागुन ६
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिनुभयो ।
‘धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरु भएको छ’, उहाँले भन्नुभयो,‘किसानको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ ।’ आगामी मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने मन्त्री अर्यालले जानकारी दिनुभयो ।
एक प्रश्नका जवाफमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री अर्यालले निर्वाचनको प्रक्रिया शुरु भएपछि राजनैतिक दल दर्ता प्रकिया र चिह्न हस्तान्तरण प्रक्रियासँगै आधिकारिकताको विषयको विवाद टुङ्गिने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्